नियम १५क
परामर्श बैठक बोलाउन सक्ने
(१) राजदूतले आफू नियुक्ति भएको मुलुक वा मुलुकहरुमा नियुक्त अवैतनिक वाणिज्यदूतहरुको परामर्श बैठक समय समयमा बोलाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम बोलाइएको बैठकमा नेपाल र अवैतनिक वाणिज्यदूत नियुक्ति भएको कन्सुलर क्षेत्रबीच आर्थिक, व्यापारिक, वाणिज्य, सांस्कृतिक तथा विज्ञान तथा प्रविधि सम्बन्धी सम्बन्धको समीक्षा गर्नु पर्नेछ ।
(३) राजदूतले उपनियम (२) बमोजिम भएको समीक्षाको प्रतिवेदन मन्त्रालयमा पठाउनु पर्नेछ ।